त्रि.वि. कन्फ्युसियस इन्स्टिच्युले आमन्त्रित पोखरा विश्वविद्यालयलाई पुगेको छ

2023-11-29 14:02:13

२५ मेइमा त्रि.वि. कन्फ्युसियस इन्स्टिच्युटले आमन्त्रित रुपमा पोखरा विश्वविद्यालय पुगेको छ। भेटवार्ता कार्यक्रममा पोखरा विश्वविद्यालयका अध्यक्ष प्रेमनारायण अर्याल, उपकुलपति दीपक बी भण्डारी, अन्तर्राष्ट्रिय कार्यालयका निर्देशक उमेशसिंह यादव, सम्बन्धित कलेजका डीनहरू, कन्फ्युसियस इन्स्टिच्युटको चिनियाँ पक्षको निर्देशक लिउ युएमिङ गुरू वाङ लिशा उपस्थित थिए।

अध्यक्ष प्रेमनारायण अर्यालले कन्फ्युसियस इन्स्टिच्युटको भ्रमणलाई स्वागत गर्दै कन्फ्युसियस इन्स्टिच्युटको मञ्चमा आधारित भएर दुई देशका युवा विद्यार्थीबीचको आदानप्रदानलाई प्रवर्द्धन गर्ने आशा व्यक्त गर्नुभयो। उमेशसिंह यादवले पोखरा विश्वविद्यालयको संक्षिप्त परिचय दिनुभयो। लिउ युएमिङले न्यानो स्वागतका लागि पोखरा विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै कन्फ्युसियस इन्स्टिच्युट तथा चिनियाँ साझेदार संस्थाहरूको संक्षिप्त परिचय गराउनुभयो। उहाँले कन्फ्युसियस इन्स्टिच्युट दुई देशका युवाहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने द्विपक्षीय सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने मञ्च भएको बताउनुभयो। कन्फ्युसियस इन्स्टिच्युट प्लेटफर्मको आधारमा दुई पक्षबीचको सहकार्यले नेपाली युवा विद्यार्थीहरूलाई चीनको बारेमा सिक्ने अवसर उपलब्ध गराउने मात्र नभएर, शिक्षा, संस्कृति तथा अन्य क्षेत्रमा दुई पक्षबीचको आदानप्रदानलाई पनि प्रवर्द्धन गर्नेछ।

अन्तमा दुवै पक्षले चीन र नेपालबीचको मित्रता झल्काउने उपहार आदानप्रदान गरे।

 

联系方式
地址: 中国北京市海淀区学院路15号
电话: 86-10-63240618
传真: 86-10-63240616
邮编: 100083
邮箱: info@ci.cn
社交媒体
返回顶部