जुन १६मा नेपालका लागि चिनियाँ राजदूतावासका काउन्सिलर वाङ सिन कन्फ्युसियस इन्स्टिच्युटका सबै शिक्षकहरूलाई भेट्न र समवेदना प्रकट गर्न त्रिभुवन विश्वविद्यालय जानुभएको थियो। कन्फ्युसियस इन्स्टिच्युटको चिनियाँ पक्षको निर्देशक लिउ युएमिङ र कन्फ्युसियस संस्थानका सबै शिक्षकहरू उपस्थित थिए।
चिनियाँ राजदूतको तर्फबाट काउन्सिलर वाङ सिनले कन्फ्युसियस इन्स्टिच्युटका सबै शिक्षकहरूलाई अभिवादन दिनुभयो। वाङ सिनले नेपालमा चिनियाँ भाषाको शिक्षा र चिनियाँ संस्कृतिको प्रवर्द्धनका लागि सक्रिय प्रयास गरेकोमा सबैलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, राजदूतावासले सधैंका लागि नेपालमा काम गर्ने तथा बसोबास गर्ने सबैलाई समर्थन र सहयोग प्रदान गर्नेछ र सबैसँग नेपालमा चिनियाँ भाषा तथा संस्कृतिको प्रचार-प्रसारलाई संयुक्त रूपमा बढाउनेछ।
कन्फ्युसियस इन्स्टिच्युटका तर्फबाट लिउ युएमिङले कन्फ्युसियस संस्थानका शिक्षकहरूको जीवनयापनको बारेमा राजदूतावासलाई जानकारी गराउनुभयो। कन्फ्युसियस इन्स्टिच्युटका शिक्षकहरूप्रतिको वास्ता र सहयोगका लागि राजदूत र काउन्सिलर वाङ सिनलाई धन्यवाद दिँदै आफ्नो काम राम्रोसँग गर्ने, चीन-नेपाल मित्रताको असल गैर-सरकारी सन्देशवाहक बन्ने र चिनियाँ भाषाको सिकाइ तथा चिनियाँ संस्कृतिको प्रचार-प्रसारमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।